नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १४ : १०
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो

काठमाडौँ । नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी भएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिविधि गरिरहेका उनी उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा सहभागी भएका हुन् । उनीसँगै मुक्ति क्रान्तिको अभियानमा सहभागी नेता सुमन सायमी पनि सहभागी भएका छन् । उनीहरू माइतीघरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले हालै एक फैसलामा वाग्मती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरूको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस