चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०८१, १६ : २५
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले काठमाडौँ उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि सङ्घर्ष जारी राख्ने बताए ।   

चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध पार्टीले गरेको आन्दोलनका विषयमा परिषद् बैठकमा छलफल हुने उनको भनाइ छ । उनले भने, ‘सङ्घर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको सङ्घर्ष । मधेस सरकारको बेथितिविरुद्धको सङ्घर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको सङ्घर्ष, बागमती प्रदेश नाम खारेजीको सङ्घर्ष ।

त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको सङ्घर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’ विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रीय परिषद् सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस