काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरण अपराधीहरूलाई संरक्षण दिन खोलिएको आशंका गरेको छ ।
अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै यो घटना प्रकरणको मुद्दालाई नजिकबाट नियालिरहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘यस्तो जघन्य अपराध प्रति यतिका दिन बितिसक्दासम्म पनि सरकारको गम्भीरता नागरिकले महसुस गर्न पाएको छैन । अपराधीहरूलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण् दिने जुनसुकै प्रयासलाई हाम्रो पार्टी कडा विरोध गर्दछ ।’
पीडित परिवारलाई शीघ्र न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गर्न माग गरेका छन् ।
‘आज विश्व नागरिक सुरक्षा दिवस पनि हो तर नेपालका नागरिक आफुलाई सुरक्षित् महसुस गर्न सकिरहेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा पछिल्ला दिनहरूमा धाक धम्कि, गुण्डागर्दी, हत्या, हिंसा, बलात्कार र अन्य जघन्य अपराधहरूमा वृद्धि भइरहेको छ, जसले कानुनी राज्यको अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको छ ।’
अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गरिएन भने नागरिकको सुरक्षामा गम्भीर संकट उत्पन्न हुने बताए। न्यायका लागि संघर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी संघसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिंकु सदा हत्या काण्ड लगायतको अन्यायविरुद्ध सशक्त दबाब सिर्जना गर्न आग्रह गरेका छन् ।
सरकारले पीडितलाई न्याय दिलाउन चासो नदेखाएन कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
पाथीभरामा केबलकार बनाउने योजना खारेज होस् : राजेन्द्र महतो
रविको मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो