अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०८१, ११ : २२
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू

काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन  केन्द्रबाट मतदान सुरू भएको छ । सो निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।

उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । झण्डै दुई घन्टा ढिलो गरि सुरु भएको मतदान साँझ ६ बजेसम्म हुने निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले जानकारी दिए ।

उपत्यकासहित सातै प्रदेशमा मतदान सुरु भएको हो । निर्वाचन समितिका अनुसार कोशी प्रदेशको मतदान केन्द्र धरान, मधेसको जनकपुर, बागमतीको भक्तपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत,सुदूरपश्चिमको धनगढी, उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको वाल्मीकि क्याम्पस रहेका छन् । ती सबै केन्द्रमा मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस