काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।
मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आजको मौसम ?