काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरु उपत्यकाबाहिरका कार्यक्रममा व्यस्त हुन थालेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आज शुक्रवार दिनभर पाल्पा र रुपन्देहीका कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रधानमन्त्री ओली शुक्रवार पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटनका लागि हेलिकप्टरमार्फत त्यसतर्फ जाँदैछन् । सवा ११ बजे गाउँपालिका भवन उद्घाटनपछि प्रधानमन्त्रीले तिनाउ दोभानमा निर्मित प्रशासकीउ भवन उद्घाटन गर्नेछन् । त्यसपछि पौने १२ बजे सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीले बुटवल गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै सवा १ बजे प्रधानमन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा सहभागी हुने सेड्युल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि केहीदिनदेखि उपत्यका बाहिरका कार्यक्रममा व्यस्त छन् । प्रचण्ड यतिबेला लुम्बिनीका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् । बिहीबार बाँकेका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्ड शुक्रवार दाङ जिल्लामा पुगेका छन् ।
शुक्रवार प्रचण्डले तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि प्रचण्डले तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्ड तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय मावि पुगेर सहिद सन्ततिसँग भेटघाटपछि साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्नेछन् ।
अध्यक्ष प्रचण्ड शनिबार पनि दाङमै रहनेछन् । घोराही र देउखुरीमा शनिबार हुने कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८४ मा बहुमत दिनुस् भ्रष्टाचारको जरो उखालेर फ्याँकिदिन्छौ : प्रचण्ड
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
ओली नेतृत्वको सरकारको आयु धेरै लामो छैनः प्रचण्ड
व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिन संवादमा छन् : प्रचण्ड
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
नेता व्यवस्थापन गर्न प्रचण्डको निर्देशन