डेरी एसोसियसनले सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०८ माघ २०८१, १३ : ५७
डेरी एसोसियसनले सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने

रुपन्देही । नेपाल डेरी एसोसियसनले सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापना गर्न पहल गर्ने भएको छ । बुटवलमा सम्पन्न एसोसियसनको २६औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको उनको भनाइ छ ।

नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले एसोसियसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए ।स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसियसनले विविध गतिविधिहरु गरिरहेको उनको भनाइ छ । दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्नेमा जोड दिए ।पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी उत्पादनहरुको विविधिकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिए ।

एसोसियसनका देशभरका २०० भन्दा बढी सदस्यको उपस्थिति रहेको साधारणसभामा डेरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न उद्योग तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभाले ‘नेपाल डेरी एसोसियसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस