वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण समारोह अघि नै देशका धेरै भागमा ट्रम्पविरुद्ध विरोध प्रदर्शनहरू भएका छन् ।
शनिवार हजारौँ मानिसहरूले विभिन्न ठाउँमा ट्रम्प विरुद्ध प्रदर्शन गरे । कयौँ गैरसरकारी संस्थाहरूको समूहले ‘पिपुल्स मार्च’ को ब्यानरमा ट्रम्पको नीतिहरूको विरुद्धमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीहरूले ट्रम्पको साथै ट्रम्पका निकट रहेका खर्बपति व्यापारी एलन मस्क र उनका नजिकका सहयोगीहरूविरुद्ध पोस्टर र ब्यानरहरू मार्फत विरोध प्रदर्शन गरेका थिए ।
सोही समूहले यसअघि २०१७ को जनवरीमा ट्रम्पको पहिलो शपथ ग्रहणको पनि विरोध गरेका थिए । यस समूहमा गर्भपतन एक्सन नाउ, द फेमिनिस्ट फ्रन्ट र महिला मार्च जस्ता संस्थाहरू थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा
ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण