काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वनस्पति घिउमा हुने ट्रान्स फ्याटको मात्रा बढी भएमा कारबाही गर्ने चेतावनी दिएको छ । ट्रान्स फ्याट एक प्रकारको स्वास्थ्यका लागि हानिकारक अति चिल्लो पदार्थ हो ।
वनस्पति घिउ तथा आंशिक रूपमा हाइड्रोजिनेटेड गरिएको वनस्पति तेल र यस्ता पदार्थ प्रयोग गरी उत्पादन सञ्चय वा बिक्रि वितरण गरिने खाद्य पदार्थमा हुने ट्रान्स फ्याट सम्बन्धी मापदण्ड लागु गर्न विभागले सूचना जारी गरेको हो । अनिवार्य गुणस्तर मापदण्ड अनुसार खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट अधिकतम सीमा सम्बन्धी व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अनुसार हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पति घिउ, हाइड्रोजिनेसन गरिएको वनस्पति तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा नबढेको हुनु पर्नेछ । यस्तै खाद्य पदार्थको लेबलमा ऐन नियम बमोजिम लगाउने लेबल विवरण साथै अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नु पर्ने विभागले जनाएको छ ।
लेबलमा ट्रान्स फ्याटरहित भनी दाबी गरिएको हकमा सो खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी हुन नहुने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार विभागले देशभरिका खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा वितरणकर्तालाई सूचित गराएको हो । तोकिएको व्यवस्था भन्दा बढी ट्रान्सफ्याट पाएमा विभागले कारबाही गर्ने जनाएको छ ।
चिल्लो पदार्थमा पाइने ट्रान्स फ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात वृद्धि हुन थालेको तथ्य सन् २००१ मा तथ्य सार्वजनिक भएको भन्दै नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सरकारलाई खबरदारी गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
चाडपर्वमा नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न मन्त्री अधिकारीको अपिल
कृषि मन्त्री अधिकारीद्वारा आफ्नो सय दिने उपलब्धि सार्वजनिक
कृषि मन्त्रालयले थप ६० करोड रुपैयाँ डीडीसीलाई उपलब्ध गराउने
देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी