नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, ११ : १०
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा आज पनि कर्मचारीले धर्ना जारी राखेका छन् ।

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समस्या समाधानका लागि समय मागे पनि लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएकाले धर्ना जारी राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जानकारी दिए ।

मन्त्री अधिकारीले पदभार ग्रहण गर्नु अगावै धर्नामा बसेका कृषि प्राविधिकको समस्या चाँडै समाधान गर्ने प्रतिबद्ध जनाएका थिए । तर लिखितरुपमा कुनै प्रतिबद्धता नआएको उनको भनाइ छ ।

मन्त्रीले अधिकारीले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरेका थिए ।  कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय प्राविधिक कर्मचारी आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै १७ दिनदेखि धर्नामा छन् । 

प्रतिक्रिया दिनुहोस