काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने भएको छ ।
आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने जानकारी दिएका हुन् ।
किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै सो रकम दसैँ अगाडि भुक्तानी गर्ने मन्त्री अधिकारीले बताए ।डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनस्पति घिउमा ट्रान्स फ्याट बढी भए कारबाही गर्ने विभागको चेतावनी
विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
चाडपर्वमा नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न मन्त्री अधिकारीको अपिल
कृषि मन्त्री अधिकारीद्वारा आफ्नो सय दिने उपलब्धि सार्वजनिक
देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी