वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् ।
फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, “उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दैछौँ ।” उनले भने, “राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ । हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ । यो एक रक्तरञ्जित घटना हो।
ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन् तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’ को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरेका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठूलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शङ्का व्यक्त गरेका छन् ।
बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक रहँदै आएको छ र फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा
ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण