धनगढी । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ ।
मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका-६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ ।
शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
कैलालीमा युवकको शव फेला
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ