एजेन्सी । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ ।
'फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ,' भोल्कर टर्कले भने, 'सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ ।'
यो सङ्ख्या सन् २०२३ मा इरानमा मृत्युदण्ड दिइएका कम्तीमा ८५३ जनाको तुलनामा बढी हो । 'इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ,' टर्कले विज्ञप्तिमा भनेका छन् ।
इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुव्र्यवहार लगायतका प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्दछ । इरानमा फाँसीमा वृद्धिप्रति कार्यकर्ताहरू बढ्दो रूपमा चिन्तित छन् ।
एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूका अनुसार इरानले चीनबाहेक अन्य कुनै पनि मुलुकको तुलनामा प्रतिवर्ष बढी मानिसलाई मृत्युदण्ड दिन्छ । यसका लागि कुनै विश्वसनीय तथ्याङ्क उपलब्ध छैन ।
उनीहरूले विशेष गरी सन् २०२२–२०२३ को देशव्यापी विरोधको पृष्ठभूमिमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका अधिकारीहरूमाथि समाजमा भय फैलाउने साधनको रूपमा मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्षको अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको तर ‘विद्रोही र सन् २०२२ को विरोध प्रदर्शनसँग सम्बन्धित मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको’ बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ पुस २०८१, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
इरानको परमाणु केन्द्रमा इजरायलले गर्यो आक्रमण
इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु
इजरायलमाथि इरानको आक्रमण: तेहरानमा खुशी मनाइयो
इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ५१ जनाको मृत्यु