काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता भएको छ । आइतबार अधिवक्ता ज्ञानेन्द्र आरण र कुलबहादुर लिम्बुसहित ४४ जनाले रिट दर्ता गराएका हुन् ।
रिट दर्ता भएको र पेसी तोकिन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । रिटमा टीआरसीको पुरानो कानुनअनुसार उजुरी रहेको तर अहिले नयाँ बन्दा अनुसन्धान नै त्रुटिपूर्ण हुने देखिएकाले नयाँ ऐन बदरको माग गरिएको छ ।
यसअघि पनि टीआरसी ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (पूर्णपाठ)
टीआरसी प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइँदै
टीआरसीमा सहमतिनजिक पुग्यो कार्यदल
टीआरसी विधेयक बारे प्रमुख दलबीच किन जुटेन सहमति ?
शीर्ष नेताबीच कुराकानीपछि संसदीय समितिमा टीआरसीबारे छलफल शुरू
टीआरसीबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान