सोल । हालै मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटनाको सम्बन्धमा दक्षिण कोरियाली प्रहरीहरूले विमानस्थल र कम्पनीको कार्यालय समेत अन्य कयौँ स्थानमा छापा मारेका छन् ।
आइतबार बैंककबाट आएको जेजु एयरको यात्रुवाहक विमान अवतरणको समयमा भयानक दुर्घटनामा परेको थियो । यस घटनामा विमानमा रहेका १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको थियो ।
जियोननाम प्रान्तीय प्रहरीले छापा मारेको हो । यस क्रममा विमानस्थल, जेजु एयरको सोल र मुआनमा रहेको कार्यालय अनि बुसन क्षेत्रीय उड्डयन कार्यालयमा छापा मारेर सामान जफत गरिएको बताइएको छ । यस घटनामा पेसागत लापरबाहीका कारण मृत्यु भएको भन्दै सर्च वारेन्ट जारी भएको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १० : ४४
लेखकबाट थप