काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुसँग छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष