एसइईमा उत्कृष्ट अंक ल्याउने १५ विद्यार्थी पुरस्कृत

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १३ : २४
एसइईमा उत्कृष्ट अंक ल्याउने १५ विद्यार्थी पुरस्कृत

काठमाडौं। संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा काठमाडौं उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रूपमा काठमाडौं उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद २०, १५ र १० हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

 

 

 

प्रतिक्रिया दिनुहोस