काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नु पर्ने बताएका छन् । संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने उनको भनाइ छ ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्ने क्रममा आउने अप्ठ्याराहरूको विकल्प भने खोज्न सकिने बताए । केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस भएको उनले बताए ।
‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौं । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्ने कुरामा गम्भीर बन्न सकौं । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो । भएका विषय कार्यान्वयन नगरिकन अन्त भड्किन थाल्यौं भने राम्रो हुँदैन,’ उनले भने ।
अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरूको रक्षा गर्न जरुरी रहेको भन्दै ती उपलब्धिहरूको संप्रेषण राम्रोसँग नहुँदा समस्याह पैदा भइरहेको उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा छैटौं इण्डो-नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप उद्घाटन
नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण