काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए । उनलाई छोरा नीराजनको जिम्मा लगाएर छोडिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति–कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुनेछ बताए ।
रिहा भएपछि प्रसाईँ अदालतबाट आफूले न्याय पाएको बताएका छन् । उनले आफू सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने पनि बताए । ‘म हारेको छैन है । यो हारेको होइन नि फेरि । यो मैले जितेको हो, यो तपाईँहरूको जित हो’, गाडीमा सवार प्रसाईँले समर्थकहरूलाई भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं