वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी देश क्यानडालाई लिएर फेरि एकपटक बयान दिएका छन् । यसअघि नै सीमामा कडाई नगरे क्यानडाबाट अमेरिका आउने सामानमा अतिरिक्त कर लगाउने चेतावनी ट्रम्पले दिइसकेका छन् ।
अब भने सामाजिक सञ्जाल मञ्च टुथ सोशलमा एउटा पोष्टमा उनले क्यानाडाका अधिकांश नागरिकहरू आफू अमेरिकाको ५१ औं राज्य बन्न पाए पनि हुन्थ्यो भन्ने चाहन्छन् भनेका छन् ।
‘हामीहरूले वर्षेनी क्यानडालाई १ अर्ब डलरभन्दा धेरैको अनुदान किन दिन्छौं भन्ने कुराको जवाफ दिन कसैले सक्दैनन् । यसको कुनै अर्थ पनि छैन ! क्यानडाका धेरै जसो नागरिकहरू चाहन्छन् कि आफू अमेरिकाको ५१ औं राज्यको बासिन्दा बनौं ।
यसो गर्दा उनीहरूको कर र सैन्य सुरक्षामा धेरै बचत हुनेछ । ५१ औं राज्य– मलाई पनि लाग्छ कि यो राम्रो विचार हो’ पोष्टमा उनले लेखेका छन् ।
केही दिनअघि ट्रम्पले सीमा भएर अवैध आप्रवासी प्रवेश र लागूऔषधको ओसारपसार रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए । आफूले २० जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’ मा हस्ताक्षर गर्ने पनि उनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा
ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण