एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक-एक गोल गर
खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थप्यो ।
५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनिले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३-० को जित सुनिश्चित गरे ।
इन्टरकन्टिनेन्टल कपको यो पहिलो संस्करणमा हो । फिफा क्लब विश्व कपको सट्टामा इन्टरकन्टिनेन्टल कप आयोजना भएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ पुस २०८१, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रियल मड्रिडको संर्घषपूर्ण जित
उपाधितर्फ लम्किँदै रियल मड्रिड