काठमाडौं। नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।
आईएमईले प्रतिशेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, थप प्रतिफल पनि दिने निर्णय