लगानी कोष र म्याग्दी हाइड्रो पावरबीच सेयर प्रत्याभूतिको सम्झौता

सफल खबर संवाददाता

सोमबार, ०८ पुस २०८१, ११ : १०
लगानी कोष र म्याग्दी हाइड्रो पावरबीच सेयर प्रत्याभूतिको सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रो पावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । 

म्याग्दी हाइड्रोले प्रतिसेयर रु. एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु. ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि छ महिनाको हुने कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस