काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई झिनो अन्तरले पराजित गरेसँगै चितवन राइनोजले प्लेअफमा स्थान बनाएको छ ।
समान ८ अंक रहेको चितवन रनरेटका आधारमा प्लेअफमा स्थान पक्का गरेको छ । काठमाडौं र चितवनले समान ४ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् ।
रन रेटका आधारमा चितवन प्लेअफमा पुग्दा काठमाडौं भने कर्णाली र सुदूरपश्चिमको खेललाई पर्खनुपर्नेछ । सुदूरपश्चिम र कर्णालीको पनि समान ८ अंक छ । सुदूरपश्चिमले दुई र कर्णालीले एक खेल खेल्न बाकी छ ।
विराटनगरमाथि जित निकालेको काठमाडौँको प्लेअफमा पुग्ने सम्भावना झिनो छ । अब सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र काठमाडौँबिच दुई टोली प्लेअफमा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा
उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै
जनकपुरलाई फाइनल पुग्ने दोस्रो मौका, आज कर्णालीसँग भिडन्त
एनपीएल विजेताले कति पाउँछन् पुरस्कार ?
एनपीएलमा एलिमेटर खेल, चितवन र कर्णाली भिडदैँ
एनपीएलमा आज एक मात्र खेल, लुम्बिनी र कर्णाली भिडदैँ