काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको चित्रण गरेका छन् ।
केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचारमा अडिने र त्यसलाई अघि बढाउने इमानदारी चाहिने बताए ।
चीनमा ९ करोड पार्टी सदस्यहरू एउटै नेतृत्वको वरिपरि गोलबद्ध रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही हो भनेर कुद्यो भने पार्टीलाई एकताबाट टाढा लैजाने बताए ।
अध्यक्ष ओलीले भने, ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने पृथक् देखाउन खोज्ने प्रवृत्ति । प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तर्विरोध पैदा गरेर राज गर भन्ने नीति नै हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले