काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, काठमाडौँमा बुधबार प्रसाईँविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ ले जनाएको छ । साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो ।
विद्युतीय कारोबार ऐन विपरीतको कसुरको मुद्दा अदालतसम्म पुगे पनि प्रसाईँमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट जाँच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं