तनहुँ । तनहुँमा ५० जनाभन्दा बढी काँग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनीमा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारीसभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरे । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ ।
कार्यक्रममा पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरुको संरक्षण र स्वार्थ समूहको चाहनामा सरकार अघि बढेकाले जनता ती पार्टीहरुको विकल्पको खोजीमा रहेको बताए ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रुपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एकपटक माओवादी केन्द्रलाई विकल्पको रुपमा रोज्ने अवस्था आएको बताए ।
वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिती र अनियमितताका घटना सार्वजनिक हुन थालेको टिप्पणी पुनको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै