काठमाडौँ। नेपाली काँग्रेसले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।विभागमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख छिन् ।
मनोनीत सदस्यहरूमा ई. उज्ज्वल कोइराला (ताप्लेजुङ), ई. प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजंग शाह (बाँके), डा. निरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलीप कार्की (कञ्चनपुर) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन : गगन थापा