काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै समग्रतामा थप उपलव्धी हासिल गरेको निष्कर्ष निकालेको छ ।
तर, काठमाडौं– १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
मंगलबार बसेको बैठकले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको विश्लेषण गरेको उनको भनाइ छ । बैठकले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको उनको भनाइ छ ।
त्यस्तै सचिवालय बैठकले सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै गलत सूचनाको माध्यमबाट राजनीतिक दल, नेता र प्रधानमन्त्रीबिरुद्ध भ्रम फैलाउने प्रवृति उचित नभएको भन्दै गलत कुराको खण्डन र सहि बिचारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले