काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाहरूमा भएका ठगी र हिनामिनाका घटनामा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न बताएका छन् । मंगलवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानलाई स्टन्टबाजीले प्रभावित गर्न खोजिएको बताएका हुन् ।
उनले सहकारीमा गरिब तथा सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गर्ने घटना गम्भीर अपराध भएको बताउँदै यसमा विधिसम्मत अनुसन्धान गर्नुपर्ने बताएका छन् ।सहकारी ठगी प्रकरणमा अनुसन्धान प्रभावित गर्ने प्रयास भइरहेको भन्दै अदालतले दिएको अनुमति अनुसार प्रहरी, सरकारी वकिल र सम्बन्धित निकायले छानबिन गरिरहेको जानकारी दिए ।
उनले अनुसन्धानलाई प्रभावित पार्ने कामलाई सरकारले मान्यता नदिने बताए।गृहमन्त्री लेखकले मानव अधिकारको रक्षा सरकारको प्रमुख दायित्व भएको भन्दै सहकारी ठगी प्रकरणमा मानव अधिकार उल्लंघन नभएको स्पष्ट पारे ।
साथै, कर्णाली प्रदेशको शान्ति सुरक्षाबारे जानकारी लिन सुर्खेत आइपुगेका गृहमन्त्री लेखकले यहाँका सुरक्षा चुनौतीबारे टिप्पणी गरे ।उनले कर्णालीका सबै जिल्लामा परम्परागत अपराधहरूका साथै दुर्घटना, आत्महत्या र लागूऔषध मुख्य समस्या रहेको बताए।
संविधानको रक्षा र संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको चेतावनी दिए ।
यस्तै, गृहमन्त्रीले सुर्खेतमा निर्माण भएको भव्य स्टेडियमको प्रशंसा गर्दै यसलाई खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे चर्चा गरे।साथै, गृहमन्त्री लेखकले कर्णाली प्रदेशका तालिम केन्द्रहरू सुर्खेतमा केन्द्रित गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक
गृहमन्त्रीको आग्रह- हिन्दू धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौं
गृहमन्त्रीले भेटे कोटेश्वरमा प्रहरीको गोली लागेकी रेविकालाई
गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण