गणपुरक संख्या नपुगेपछि शिक्षा समितिको बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०८१, १५ : १४
गणपुरक संख्या नपुगेपछि शिक्षा समितिको बैठक स्थगित

काठमाडौँ । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा समिति बैठक स्थगित भएको छ। १३ जना गणपुरक संख्या पुग्नुपर्नेमा १० सांसद मात्रै उपस्थित भएपछि आजको बैठक स्थगित भएको हो। अब भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्ने कार्यक्रम रहेको थियो । गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। २४ सदस्यीय समितिमा १३ जना पुगेपछि समिति बैठक सक्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस