काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङको नव निर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच महानिरीक्षक कुँवरले कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनमा प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुई मत नभएको बताए ।
ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० मंसिर २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवन उद्घाटन
शिष्ट बोली वचन एवम् व्यवहारका साथ सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन