धनगढी । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक पक्राउ परेका छन् । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी दिए । उनका अनुुसार भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।
जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुुसन्धान भइरहेको जोशीले बताए । प्रहरीका अनुसार श्रीमान्को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको छ ।
उनका श्रीमान् मर्निङ ग्लोरी स्कुलका सञ्चालक समेत हुन् । उनले पारिवारिक विवादको विषयलाई लिएर श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
सुनजस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ