काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएपछि यसविरुद्धविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि यो मुद्दामा पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । आज पनि दुवै न्यायाधीशको इजलासमा धेरै मुद्दाको पेसी परेकाले सुनुवाइ नहुन सक्ने देखिन्छ । यसअघि पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओली र जग्गादाता गुरुङले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले देशभरका वडामा जनचेतना फैलाउने
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
एमाले सचिवालयको बैठक बस्दै
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
रसुवा एमालेमा पहिरो, एकपछि अर्काे नेताले छोडन थाले पार्टी