काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सात जिल्ला अधिवेशन तयारीमा जुटेको छ। एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी रहेको जानकारी दिएका छन्।
उनका अनुसार बाँकी रहेका जिल्लाको अधिवेशन मंसीर महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ। डा. सुब्बाले गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष बताए ।
उनले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताए । एमालेको अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन भएर नयाँ नेतृत्व चयन भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले