रौतहट । रौतहटमा बाघको आक्रमणमा परेर दुई जना घाइते भएका छन्।
शनिबार गुजरा नगरपालिकास्थित राईटोलमा बाघले आक्रमण गर्दा वडाध्यक्षसहित दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घाइते हुनेमा गुजरा–१ का वडाध्यक्ष ५५ वर्षीय रामजीत चौधरी र सोही ठाउँका ६५ वर्षीय बौराही चौधरी रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपककुमार रायले जानकारी दिए।
घर नजिकै रहेको आलुबारीमा पानी पटाउन गएको बेला बौराहीमाथि अचानक बाघले आक्रमण गरेको थियो। उनलाई बाघबाट जोगाउन गएका वडाध्यक्ष चौधरीलाई पनि बाघले आत्रमण गरेर घाइते बनाएको रायले बताए।
बौराहीको टाउको र दुवै हातमा चोट लागेको छ। वडाध्यक्ष चौधरीको पनि दुवै हातमा चोट लागेको छ। घटनास्थल लमाहा खोला नजिकै पर्छ।
घाइते दुवैलाई चन्द्रपुरस्थित सरकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
पासो थाप्ने सिकारी नै बने बाघको सिकार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु