काठमाडौं । त्रिवि क्रिकेट मैदानमा रौनक छ । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेपछि मैदान दर्शकले भरिएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रन्चाइज टोली सहभागी छन् । सबै टोलीमा विदेशी खेलाडी सहभागी भएका छन् ।
विश्व चर्चित खेलाडीहरु सहभागी हुने भएकोले कीर्तिपुर मैदानमा दर्शकको घुइँचो लागेको हो । पहिलोपटक हुन लागेको एनपीएलमा भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् ।
आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल हेर्न कर्णाली याक्समा अनुबन्ध भएका धवन पनि मैदानमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा
उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै
जनकपुरलाई फाइनल पुग्ने दोस्रो मौका, आज कर्णालीसँग भिडन्त
एनपीएल विजेताले कति पाउँछन् पुरस्कार ?
एनपीएलमा एलिमेटर खेल, चितवन र कर्णाली भिडदैँ
एनपीएलमा आज एक मात्र खेल, लुम्बिनी र कर्णाली भिडदैँ