काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।
उनी शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो । बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् । त्यसैगरी आइपीएल टीम सनराइजर्स हैदराबादबाट आइपिएलको उपाधि पनि जितेका छन् ।
उनले भारतका लागि टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १७५९ रन बनाएका छन् भने सबैखाले टी-२०मा ३३४ खेल खेल्दा २ शतक र ७० अर्धशतकसहित ९७९७ रन बनाएका छन् । आइपिएलमा मात्र उनको ६७६९ रन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर