काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो ।
प्रहरी हिरासतमा रहेका प्रसाईंका हकमा उनका छोरा निराजन प्रसाईंले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।साथै सर्वोच्चले विपक्षीको नाममा निर्देशानात्मक आदेशसमेत जारी गरेको छ ।
विदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै 'फेक डकुमेन्ट' सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले यही मंसिर ४ गते पक्राउ गरेको थियो ।
यसअघि उनी असोज ६ गते पनि पक्राउ परेका थिए । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो। अदालतको आदेशबाट पछि उनी धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान
दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए दुर्गा प्रसाईँ
दुर्गा प्रसाईं किन भए फरार ?
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह