काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो । चुनाव प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना गरेन/गरेको अनुगमनका लागि आयोगले अनुगमन टोली खटाएको हो ।
आयोगकी प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालका अनुसार कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी खटिएका छन् ।
यस्तै, काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र एसपी सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।
आयोगले उपनिर्वाचन हुने प्रत्यस स्थानीय तहमा प्रचारप्रसारको सूक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ । आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्था अनुसार उम्मेदवारी रद्द गर्ने चेतावनीसमेत आयोगले दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन