काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो । समीक्षा बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा भइरहेको जनाइएको छ ।
समीक्षा बैठकमा प्रधानमन्त्री ओली, मन्त्रीहरूलगायतको उपस्थित रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे
कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल