चितवन राइनोजले दोस्रो चरणमा ३५ खेलाडी छान्यो

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०८१, ०७ : ४७
चितवन राइनोजले दोस्रो चरणमा ३५ खेलाडी छान्यो

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ।

राइनोजले चितवन मेडिकल कलेज (सीएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४६० खेलाडी दर्ता भएका थिए। तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतबार गौतम बुद्ध नमुना मैदानमा हुनेछ।

दोस्रो चरणको छनाेटपछि अन्तिम नाम सोही दिन टुंगो लाग्नेछ, साे नाम चितवन राइनोजले साेमबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्नेछ। चितवन राइनोजका बलिङ प्रशिक्षक कलाम अली, अनुभवी ब्याट्सम्यान शरद भेस्वाकर र प्राविधिक विश्लेषक राजन शाहले पहिलो चरणको ट्यालेन्ट हन्टको संयोजन गरेका थिए।

कार्यक्रममा सीएमसीका अध्यक्ष डा हरिशचन्द्र न्यौपाने, सीएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, महानगरीय क्रिकेटका अध्यक्ष मनिष सापकोटा, वाग्मती प्रदेशका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पिया, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजू खड्का र वाग्मती क्रिकेट संघका अनिल अधिकारीलगायतकाे उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस