काठमाडौ । शिक्षा मन्त्रालयले तीन निकायको परीक्षा कार्यालय मर्ज गर्ने गरी कार्यदल बनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ र १० र सीटीईभीटीको परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने गरी कार्यदल बनाएको हो ।
परीक्षालाई व्यवस्थित रूपमा सञ्चाालन गर्न कार्यदल गठन गरेको हो। कार्यदलले तीनै निकायका परीक्षा पद्धति परिवर्तन गर्ने वा मर्ज गरी एउटै परीक्षा नियन्त्रण कार्यालय बनाउने भन्ने विषयमा समेत अध्ययन गर्नेछ।
कार्यदलले तीन संस्थाको मर्ज गर्ने विषयमा समेत छलफल गर्नेछ। एकै प्रकृतिको परीक्षा सञ्चालन गर्न तीन संस्थाको औचित्य र आवश्यकताको बारेमा प्रतिवेदन तयार गर्नेछ।
त्यस्तै, बोर्डले परीक्षा रजिस्टेसनबापतको शुल्क लिएको विषयमा विवाद भएपछि सो विषयमा निराकरण गर्न अधिकारसमेत कार्यदललाई दिएको छ। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ कार्तिक २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित)
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
शुल्क अन्योलले रोकिए परीक्षा फाराम
सञ्चालनमै सकस भयो त्रिवि सेवा परीक्षा
कक्षा १२ को मौका परीक्षामा अंग्रेजी विषयमा धेरै फेल