वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कसमेत घर परिवारका सदस्यहरूको साथमा पार्टी गरेका छन् । फ्लोरिडास्थित आवास र निजी गल्फ क्लब मार–अ–लागोमा ट्रम्पले सो पार्टी दिएका थिए ।
मस्कले सो पार्टीमा आफ्नो सानो छोरा टेक्नो मेकानिकसलाई पनि साथै लगेका थिए । सामूहिक तस्बिरमा उनले छोरालाई बोकेको देखिएको थियो । यस पटकको चुनावमा मस्कले खुलेर ट्रम्पलाई समर्थन गरेका थिए ।
ट्रम्पलाई जिताउन उनले पैसाको खोलै बगाएका थिए । मार–अ–लागोमा ट्रम्पले आफ्ना नाति नातिनीहरूसँग गल्फ पनि खेलेका थिए । ट्रम्पकी नातिनी काई ट्रम्पले मस्कलाई काका भन्दै इन्ष्टाग्राममा फोटो पनि हालेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने: ट्रम्प
ट्रम्पले आज संसद्लाई सम्बोधन गर्ने
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव