काठमाडौं। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइएको छ । प्रहरीले लामिछानेलाई मंगलवार कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा उनलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । यसअघि शुरूमा ५ र दोस्रोपटक ७ दिन म्याद थपिएको थियो । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो ।
तिहार बिदाका कारण अदालत बन्द भएपछि तेस्रोपटक म्याद थपका लागि प्रहरीले मंगलबार मात्र लामिछानेलाई अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई अदालत उपस्थित गराइँदा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछाने र अर्का सञ्चालक छविलाल जोशीसहितमाथि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । कास्की जिल्ला अदालतले म्याद नथपेमा लामिछानेलाई रुपन्देही लैजाने तयारी छ ।
बुटवलको सुप्रिम सहकारीको रकम दुरुपयोग सम्बन्धमा पक्राउ गरेर अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ ।कास्की जिल्ला अदालतले म्याद नथपेमा आजै रुपन्देही लैजाने तयारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । पक्राउ पुर्जीबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्कीसँग समन्वय गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु
रवि लामिछानेलाई अदालत लगियो
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
रवि लामिछानेलाई पर्सातर्फ लगियाे
रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप