नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा मुम्बई प्रहरीले नोएडाबाट एक आरोपीलाई पक्राउ गरेको छ । आरोपी युवक नोएडाको गौतम बुद्ध नगरमा सिकर्मीको काम गर्ने बताइएको छ । युवकको पहिचान १८ वर्षका मोहम्मद तैयबको रूपमा गरिएको छ । उनी दिल्लीमा बस्छन् ।
जानकारीका अनुसार अभियुक्त युवकले मुम्बई प्रहरीको कन्ट्रोल रुममा ‘म सलमान खानलाई छोड्ने छैन’ भन्दै टेक्स्ट म्यासेज गरेका थिए । धम्की पाएपछि मुम्बई प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । त्यसपछि मोबाइल नम्बरबाट धम्की दिने व्यक्तिको खोजी सुरु भयो । जब युवकको लोकेसन युपीमा रहेको थाहा भयो, मुम्बई पुलिसले यूपी पुलिस मुख्यालयलाई जानकारी दियो ।
यसपछि मंगलबार आरोपीलाई मुम्बईको बान्द्रा प्रहरीले नोएडाको सेक्टर ३९ थाना क्षेत्रबाट पक्राउ गरियो । पक्राउ पर्दा अभियुक्तसेक्टर ९२ को एक घरमा सिकर्मीको काम गरिरहेका थिए । एसीपी नोएडा प्रवीण कुमार सिंहले आरोपीलाई पक्राउ गरेको पुष्टि गरेका छन् । बरेलीका मोहम्मद तैयब दिल्लीमा काकासँग बस्दै आएका थिए ।
मुम्बई प्रहरीले आरोपी युवकलाई सुरजपुर अदालतमा लगेको छ, उनलाई अदालतमा पेस गरेपछि प्रहरीले ट्रान्जिट रिमाण्डको माग गर्नेछ । त्यसपछि उनलाई रिमाण्डमा मुम्बई लगिनेछ । नोएडा पुलिसले अनुसन्धानको बारेमा आधिकारिक रूपमा केही बोलेको छैन । मुम्बई प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । स्रोतका अनुसार मुम्बई पुलिसको टोली दिल्लीस्थित आरोपीको काकाको घरमा छापा मारिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ
पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ
स्रोत नखुलेको ६२ लाख रकमसहित ३ भारतीय पक्राउ