काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा उक्त महाशाखामा सञ्चालित हेभी सवारी चालक तालिम १५औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रावलले सङ्गठनको आवश्यकता अनुसार हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताए। प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई थप सजग र सतर्क भई आ–आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै असोज २ गतेबाट सञ्चालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार महिनामा ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
संगठनको छविलाई उच्च राख्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कुँवरको निर्देशन