काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासंघ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरु भएको छ । आजदेखि सुरु सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् ।ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराए । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।
युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने थेबेको विश्वास छ ।
विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, १४ : ३८
लेखकबाट थप