चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताएका छन् । रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार चितवनमा आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन् ।
भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उनले बताए । उनले भने, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताए ।
रोटरी क्लबको आयोजनामा गरिएको म्याराथन कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको उनले बताए । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्न सक्ने भन्दै यस्ता कार्यक्रमको महत्त्व धेरै हुने गरेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन भ्रमण वर्षको आयोजना गरिएको बताइन् । भ्रमण वर्षमा गरिने भनिएका कार्यक्रममध्ये अहिलेसम्म ५५ वटा कार्यक्रम सम्पन्न भइसकेको भन्दै उनले महानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ कार्तिक २०८१, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन मन्त्री र बिम्स्टेक महासचिव भेटवार्ता
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे
पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा छ : मन्त्री पाण्डे
सरकारले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटन मन्त्री पाण्डे
हेलिकोप्टर दुर्घटनास्थलमा पुगे पर्यटनमन्त्री पाण्डे